१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ



३० कात्तिक, इटहरी ।
देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ ।

यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै सुनसरी प्रहरीले बराहक्षेत्र ३ बाट इन्द्रबहादुर राई, धरान १७ बाट जयकुमार राई, इटहरी ९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी ५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

पक्राउ परेका विप्लव माओवादी नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै उनीहरुबाट हुन सक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००