१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बम प्रहारपछि भाेजपुरकाे सुरक्षा व्यवस्थामा कडाइ



३० कात्तिक, भोजपुर ।
प्रदेशसभाका लागि नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो ।

बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसंगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा क का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक पठाइएको छ ।

त्यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा क का उम्मेदवार अजम्बर राई काङमाङ तथा प्रदेशसभा ख का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००