१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बाल सहभागिता जटिल बन्ने सक्ने सरोकारवालाको अाशंका



 

स्थानीय खबर संवाददाता
काठमाडौं, २९ कात्तिक

स्थानीय तह पुनर्संरचना भएसँगै नयाँ परिबेशमा बाल सहभागिता प्रक्रिया जटिल बन्न सक्नेतर्फ सरोकारवालाहरूले अाशंका व्यक्त गरेका छन् । मिरेष्ट नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले नयाँ संरचनामा जाँदा बिषेश व्यवस्था गर्नुपर्ने बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव विजयराज सुवेदीले पहिलाका वडाहरू अहिले खारेज भइसकेको र अधिकांश गाविस वडा बनेका कारण बाल सहभागिता प्रक्रिया जटिल रहेको बताए ।

 

“पहिला योजना छनोट र कार्यान्वयनको कामको अन्तिम बिन्दु गाविस वा नगरपालिकासम्म मात्रै हुन्थ्यो,” उनले भने, “अहिले स्थानीय तह एकदमै ठूला बनेकाले केन्द्रसम्म आएर सहभागी हुन असम्भव छ ।”

अब बन्ने स्थानीय तहले आफैं सहभागितामुलक योजना निर्माण गर्न सक्ने भएकाले बालबालिकालाई सहभागी गराउन नयाँ तरिकाले नीति निर्माण गर्नुपर्नेमा जोड दिए । केही जटिलता देखिने भएपनि बाल अधिकारलाई संविधानले नै व्यवस्था गरेका कारण बालमैत्री स्थानीय शासन कार्यक्रमको निरन्तर सञ्चलन हुने उनले बताए ।

यसैगरि संयुक्त राष्ट्रसंघीय बालकोषका वालमैत्री स्थानीय शासन कार्यक्रमका प्रमुख अञ्जली प्रधानले वालमैत्री स्थानीय शासन नीति र प्रतिवद्धतामा मात्रै सिमित नरहेको दाबी गरिन् ।

बालवालिकाहरू योजना छनोट र कार्यान्वयनमा सक्रिय सहभागी भएको सफल अनुभव रहेको र नयाँ बनेका स्थानीय तहमा यसले निरन्तरता पाउनु पर्ने बताईन् । मिरेष्ट नेपालले बालमैत्री स्थानीय शासनसम्बन्धि सफल अभ्यासहरूबारे बृत्तचित्र प्रर्दशन गरेको कार्यक्रममा बोल्दै प्रधानले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय तह र गैरसरकारी संघसँस्थाहरूले गरेको सहयोगको प्रशंसा गरिन् ।

बृत्तचित्र निर्माता तथा मिरेष्ट नेपालका सचिव कुमार यात्रुले वालमैत्री स्थानीय शासनको सफल अभ्यास भएको र नयाँ स्थानीय तहमा परिस्कृत ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । मिरेष्ट नेपालका अध्यक्ष सुरेश अर्चायले पनि राज्य संरचनाको बदलिँदो परिवेश अनुसार बालवालिकाको सहभागिता कार्यान्वयन तहसम्म सुनिश्चित गर्नुपर्ने बताए ।

मिरेष्ट नेपालले बालमैत्री स्थानीय शासनको सफल अभ्याससम्बन्धि ७ वटा बृत्तचित्र उद्घाटन गरेको थियो । बिराटनगर महानगरपालिका र बीरगञ्ज महानगरपालिकामा पर्ने साविकको बेल्व गाविसको बृत्तचित्र प्रर्दशन गरेको छ । यसैगरि बालभेला सञ्चालन सहजाीकरण हाते पुस्तक र बालबालिकासँग सम्बन्धित अर्को किताबको पनि संयुक्त रुपमा विमोचन भएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००