७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरी जिल्ला समन्वय समितिको निर्वाचन हुँदै



२९ कात्तिक, गौशाला ।
जिल्ला समन्वय समिति, महोत्तरीको निर्वाचन आज (बुधबार) हुने भएको छ । जिल्लास्थित मुख्य निर्वाचनको कार्यालयका अनुसार जिसस महोत्तरीको निर्वाचन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रम रहेको छ । नौ सदस्यीय समिति बनाउन जिसस महोत्तरीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस महोत्तरीको अध्यक्ष पदमा राजपा नेपालबाट सुरेश सिंह, नेपाली कांग्रेसबाट कालिकान्त झा र नेकपा माओवादी केन्द्र बाट सूर्यनारायण साह गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा आठजना, महिला सदस्यमा पाँचजना र दलित वा अल्पसंख्यकबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी जिसस निर्वाचनमा नौ पदका लागि १० नगरपालिका र पाँच गाउँपालिकाका गरी जम्मा ३० जना मतदाताले भोट खसाल्नेछन् ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००