४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो चरणको परिचयपत्र मंसिर ८ र ९ गते बितरण गरिने



 

२५ कात्तिक, काठमाडौं । मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र बुझ्न बाँकी पहिलो चरणको मतदाताको परिचयपत्र मंसिर ८ र ९ गते बितरण गर्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचित गरेको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००