१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा




गुल्मी
, १९ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।

झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पाइप टुटफुट भइरहेको र मोटरबाटो खनेका स्थानमा वर्षाले गर्दा पहिरोले पाइप बगाउने र पुर्ने जस्ता समस्याले खानेपानी अवरुद्ध भएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिए । साथै, खानेपानी सुचारु हुन करिब एक हप्ता लाग्ने समितिका सचिव घिमिरेले जानकारी दिए ।

खानेपानी सुचारु नहुँदा तीन वडाका झण्डै २५० घरधुरीका उपभोक्ताले घण्टौँ लगाएर आफ्नो नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको छ । यसरी पटकपटक खानेपानी अवरुद्ध भइरहँदा खानेपानी नियमितरुपमा सुचारु नहुँदा स्थानीयवासीलाई निकै समस्या भइरहेको छ ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००