४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः प्रमुख अायुक्त



 

२५ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् ।

रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरे । “उम्मेदवार लक्षित आक्रमण दुःखद् हो, शुक्रबार र शनिबार भएका घटनाबाट हामी गम्भीर भएका छौंँ,” उनले भने ।

यस्ता घटना नदोहोरियोस भनेर गृह मन्त्रालयलाई सचेत गराउँदै निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैलाई आग्रह गरे । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको छ । साथै, दोस्रो चरणमा हुने निर्वाचनका लागी पनि १५ जिल्लाको मतपत्र छापिइसकेको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००