७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वदेशी ५२ संस्थाका ४४ हजारलाई निर्वाचन पर्यवेक्षणको अनुमति



२० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी ४ हजार संस्थालाई अनुमति दिएको छ ।

आयोगका अनुसार स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति दिएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक( ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति दिएको छ ।

लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थाहरूमा द कार्टर सेन्टर, युरोपेली सङ्घ, एशियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेस छन् । सङ्घले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन् । रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००