५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धनः दाहाल



 

१९ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनु परेको बताएका छन् ।  पश्चिम चितवनको चनौलीमा आइतबार वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घघाटन गर्दै अबको आश्यकता स्थिर सरकार निर्माण गरि विकासतर्फ अघि बढ्नु पर्ने बताए ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्य लिएर आफूले क्षेत्र नं ३ मा उम्मेदवारी दिएको उनले दाबी गरे । कार्यक्रममा शनिबार राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना, एमालेका नेता देवी ज्ञवाली, वाम गठबन्धनबाट प्रदेश क्षेत्र नं ३ (क) का उम्मेदवार कृष्ण भुर्तेल, ३ (ख) का उम्मेदवार रामलाल महतोलगायतले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००