२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हल्दिबारी गाउँपालिकाको बजेट २७ करोड ५० लाख




बनियानी
— झापा, १७ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको प्रथम गाउँसभाले २७ करोड ५० लाख ३९ हजार ५६५ बराबरको बजेट विहिबार सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

अध्यक्ष लिङ्देनले पाँच वर्षभित्र काठेपुलमुक्त गाउँपालिका बनाउँदै सडकको वर्गीकरण गरेर कालोपत्र गर्ने योजना सुनाए । ‘एक वडा एक पर्यटन’को विकास गर्ने बताउँदै उनले जलथलको चारकोसे जंगललाई जिल्लाकै नमूना पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएको बताए ।

कृषिमा आकर्षण गर्न स्थानीय सहकारी संस्थासंगको सहकार्यमा प्रत्येक वडामा कृषकलाई ट्रयाक्टर उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ००:००