१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिबाट प्रमुख आयुक्तलाई सुझाव




काठमाडौँ
, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिएकी थिइन् । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भनिन्, “सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ र ढुक्क भएर अगाडि बढ्नुहोस् ।”

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिसमक्ष जानकारी गराइएको थियो ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००