१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीमाटी गाउँपालिकाले पर्यटकीय स्थलमा लगानी गर्ने




सल्यान
, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीय स्थलको विकासलाई प्राथमिकता दिने भएको छ ।

करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीय स्थलको विकास र प्रवर्द्धनका लागि लगानी गर्ने भएको हो ।

नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकालाई अनुरोध गरेपछि कालीमाटी गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

लक्ष्मीपुरको त्रिकोटेश्वर कमलाक्षी मन्दिरमा बैठक सकेपछि त्यस क्षेत्रको विकासका लागि पहल गर्न पत्रकार महासंघ सल्यानले गाउँपालिकालाई लिखितरुपमा अनुरोध गरेको महासंघ शाखा सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिए ।

यस कालीमाटी गाउँपालिकामा त्रिकोटेश्वर मन्दिर लगायत गंगामाला भगवती मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगायतका पर्यटकीय एवं धार्मिकस्थल छन्, यी सबै पर्यटकीय स्थलको एकैपटक अवलोकन गर्ने गरी योजना बनाउने कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००