२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा ६९२ मतदान केन्द्र कायम

लेखक स्थानीय खबर १३ कार्तिक २०७४, सोमबार १ मिनेट पढाइ


भद्रपुर
, १३ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा मतदाताको संख्या पाँच लाख ८५ हजार १६६ रहेको छ ।

निर्वाचन क्षेत्र नं १ मा ४५ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा ४८ मतदानस्थल र १३६ मतदान केन्द्र, क्षेत्र नं ३ मा ६७ मतदानस्थल र ११४ मतदान केन्द्र, क्षेत्र नं ४ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ५ मा ६१ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।