३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुगमन थालेपछि काठमाडौं महानगरमा नक्सापास विपरित घर बनाउने घटे



१२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माणधीन घरहरूमा अप्रत्यक्ष अनुगमन गरेपछि नियमविपरित घर बनाउने परिपाटी घट्दै गएको छ । महानगरका इञ्जिनियर राम थापाका अनुसार गएको साउनबाट महानगरभित्र निर्माण हुने सबै घरमा इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् ।

अनुगमन नियमित हुन थालेसँगै नक्साविपरीत भवन निर्माण गर्नेको सङ्ख्यामा कमी आएको हो । महानगरको सबै वडामा दैनिक ३० जना इञ्जिनियरले निर्माणाधीन घरहरूको अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । घरधनीले महानगरबाट नक्सा पास गरिसकेपछि आफूले चाहेको इञ्जिनियर राख्न पाउँछ । जसका कारण नक्सापास विपरित घर निर्माण हुँदै आएके थियो ।

खटिएका इञ्जिनियरले दैनिक १० देखि १५ वटासम्म घरको अनुगमन गर्दै आएको थापाले जानकारी दिए । अनुगमनका क्रममा नक्सा विपरीत घर निर्माण भएको पाए काम रोकेर कारवाही प्रक्रिया अघि बढाउन थालेको छ ।

अघिल्लो बष नियमविपरित घर बनाउनेको सङ्ख्या धेरै भएपनि अहिले २० वटा निर्माणधीन घरमध्ये मुस्किलले एक दुईवटा मात्र नक्सापास विपरितका पाइन्छन् । गत साउन महिनाभन्दा पहिले निर्माण हुने घरमध्ये ५० प्रतिशत नियम विपरीत हुने गरेको थियो । रासस 

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार ००:००