२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव २०७४’



१९ फागुन, धुलिखेल ।
धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ ।

धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए ।

“स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गरी त्यसका आधारमा आर्थिक विकासका आगामी खाका कोर्नका लागि सबै सरोकार भएका निकाय जुट्न आवश्यक रहेको भन्दै त्यसका लागि सबैसंग हातेमालो गरेर अघि बढ्न सन्देश दिन यो महोत्सव गर्न लागेका हौँ,” कोजुले भने ।

कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधि आदि सेवा र वस्तुको प्रदर्शनी गरिने सो महोत्सवमा करीव १५० कक्ष रहने छन् । सो अवसरमा काभ्रेपलाञ्चोक जिल्लालगायत प्रदेश नं ३ एवं राष्ट्रिय तथा बहुर्राष्ट्रिय उद्योग व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन विज्ञसँगको अन्तरक्रिया तथा जिल्लाको इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि झल्कने चित्रकला र तस्वीरसमेत प्रदर्शनी हुने आयोजक संघका उपाध्यक्ष सुवासकाजी श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ००:००