१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस सिन्धुपाल्चोकले क्रसर उद्योगलाई कडाइ गर्ने



वैशाख २१, मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाभित्र अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गर्ने भएको छ ।

जिल्ला अनुगमन समितिको हालै बसेको बैठकले नदीजन्य पदार्थ ९सङ्कलन र उपयोग० कार्यविधि २०७५ विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएपछि सङ्कलन तथा निकासीकर्तालाई एक महीनाभित्र कार्यविधिबमोजिम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । कार्यविधिअनुसार क्रसर उद्योग सञ्चालन नभएमा कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ । साथै जिल्लाभित्रका नदीजन्य पदार्थको सङ्कलन र उपयोगमा संलग्न पालिकाको स्थानीय अनुगमन समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रारम्भिक वातावरणीय प्रतिवेदन नगरेका जिल्लाका गाउँ तथा नगरपालिकाले आफ्नो मातहत इलाकामा प्राकृतिक स्रोत साधनको उपयोग, उत्खनन, बिक्री वितरण गरी राजश्व सङ्कलन गर्ने गरेको र अनुमतिबिनानै खानी सञ्चालन गरेको पाइएकाले उक्त कार्य प्रचलित कानूनबमोजिम गर्न आग्रह गरेको छ । साथै प्रारम्भिक वातावरणीय प्रतिवेदन तत्काल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पेश गर्न अनुरोध गरेको छ ।

बैठकले जिल्लाका इन्द्रावती, सुनकोशी, भोटेकोशीजस्ता नदीमा सवारी साधनमा मापदण्ड विपरीत जाली राखेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएकाले त्यस्ता कार्यले वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल सो कार्य बन्द गराउने निर्णय गरेको छ ।

सार्वजनिक सडक, पुल तथा महत्वपूर्ण स्थानमा नदीजन्य पदार्थ राखेको पाइएको भन्दै वैशाख २३ गतेभित्र हटाउन निर्देशन दिइएको छ । निर्देशन विपरीत त्यस्ता सामग्री राखिएको पाइएमा जफत गरी कानूनबमोजिम आवश्यक कारवाही गर्ने निर्णय भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए । रासस

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ००:००