११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण लिएर आयोजना निर्माणः बिराटनगर र तुल्सीपुर उत्कृष्ट



काठमाडौं । नगर विकास कोषले ऋण लिएर आयोजना निर्माण गर्ने नगरपालिकामध्ये बिराटनगर महानगरपालिका र तुल्सीपुर उपनगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।

दुबैले तोकिएको समयभित्रै आयोजना सम्पन्न गरेको र सञ्चालन गरेर तोकिएको समयमा ऋणको किस्ता तिर्न थालेकाले कोषले सम्मान गरेको हो ।

शुक्रबार कोषको ३२ औं बार्षिकोत्सबमा आयोजित कार्याक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सहरी विकास मन्त्री गोकुल बाँस्कोटाले बिराटनगरका मेयर भीम पराजुली र तुल्सीपुरका मेयर घनश्याम पाण्डेलाई सम्मान गरेको छ ।

दुबै नगरपालिकाले बसपार्क सञ्चालन गरेर उठाएको राजश्व ऋण तिर्न थालेको छ । बिराटनगरलाई कोषले ८ करोड ४७ लाख रुपैयाँ ऋण दिएको थियो ।

त्यसबाहेक बसपार्क निर्माणका लागी नेपाल सरकारले करिब १० प्रतिशत अनुदान दिएको थियो भने , बिराटनगर महानगरले लागत सहभागिता ब्यहोरेका थिए । उक्त ऋण २० बर्षका लागी दिइएको हो ।

यसै गरि तुल्सीपुर उपमहानगरलाई पनि बसपार्क निर्माणका लागी कोषले ९ करोड रुपैयाँ ऋण दिएको थियो । यसैगरि तुल्सीपुर उपमहागरले १० प्रतिशत लागत सहभागिता ब्यहोरेका थिए ।

यसैगरि, सुनवल खानेपानी तथा सरसफाई उपक्तोक्ता समिति र लमही खानेपानी उपभोक्ता समितिलाई पनि कोषले उत्कृष्ट घोषणा गरेर सम्मान गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ००:००