१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वरोजगारका लागि गाउँपालिकाले निर्ब्याजी ऋण दिने



वैशाख ४, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो ।

व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निर्ब्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । आयआर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भने, “ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ ।”

यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारिमा गएका छन् । सबैभन्दा बढी वडा नं ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं ७ बाट ६१३ जना विदेश पलायन भएका छन् । विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ००:००