१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्ती बसालिएको ४८ वर्षपछि खानेपानी



बैशाख ५, नारायणपुर । दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा बस्ती बसाललेको ४८ बर्ष पछि बल्ल खानेपानीको सुविधा पुगेको छ ।

यस अघि त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए । “यो साह्रै पछाडि परेको गाउँ हो । खानेपानीको धेरै समस्या थियो,” स्थानीयवासी श्यामसिंह गिरीले भने, “यो बस्तीमा पहिलो पटक पानीको धारा खस्यो ।”

लमही–घोराही सडकखण्डको नजीकै पर्ने कुलमोहर गाउँ लमहीको बजारभन्दा पनि पुरानो गाउँ भनेर चिनिन्छ । अर्जुन खोलाको जरुवाको पानी खाएर कुलमोहर गाउँवासी हुर्किए । करीब ९० घरधुरी संख्या रहेको कुलमोहरवासीले वनको बाटो भएर करीब १ घण्टा पैदल हिँडेर पिउने पानी ल्याउनुपर्ने समस्या रहेको कमला गिरीले बताइन् । । अहिले लमही नगरपालिका–६ को कार्यालयले कुलमोहरवासीको मुहारमा परिवर्तन ल्याइदिएको छ ।

खानेपानी आयोजनाका लागी लमही नगरपालिका वडा नं ६ को १० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राविधिक सहयोगमा गाउँमा धारा पु¥याउन सफल भएको वडाध्यक्ष गणेशमान चौधरीले बताए । रासस

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार ००:००