११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगर कपको उपाधि युनाइटेडलाई



११ कात्तिक, नुवाकोट । प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबले जितेको छ । कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो । विजेता नुवाकोट युनाइटेडका विकेश लामाले २ गोल गरी आफ्नो क्लबलाई विजेता बनाउन सफल भए । विदुरका लागि आकाश राना मगरले एक गोल गरेका थिए ।

उपाधिका साथमा नुवाकोट युनाइटेड फुटबल क्लबले रु ३० हजार, शिल्ड र पदक तथा उपविजेता विदुर युथ सिटी क्लबले रु १५ हजार, शिल्ड र पदक पाएका छन् । गत असोज ३१ गतेदेखि सञ्चालित सो प्रतियोगितामा नुवाकोटका १० फुटबल क्लबको सहभागिता थियो ।

विजेता नुवाकोट युनाइटेडका अनिल प्याकुरेल, उत्कृष्ट गोलरक्षक तथा आयोजक कोलोनी युथ सर्कलका विकास थापा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भए । विजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकास र विस्तार गरी विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए । रासस

प्रकाशित मिति : ११ कार्तिक २०७४, शनिबार ००:००