६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा ३२७ मतदान केन्द्र स्थापना




खजुरा
— बाँके, १० कात्तिक । यही मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि बाँके जिल्लामा ३२७ मतदान केन्द्र कायम गरिएको छ ।

मतदानस्थल भने साविकको १३६ नै कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिए ।

स्थानीय तह चुनावमा जिल्लामा १३६ मतदानस्थलमा २९५ वटा मतदान केन्द्र रहेका थिए । स्थानीय तह निर्वाचन भन्दा यसपटक करिब ३० हजार मतदाता थप भएका कारण मतदान केन्द्र पनि थप भएका हुन् ।

निर्वाचन आयोगले एक हजार ६४ मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाएअनुसार जिल्लामा ३२७ मतदान केन्द्र तोकिएको हो ।

बाँके जिल्लामा कूल मतदाता संख्या दुई लाख ७६ हजार ७१८ रहेको छ । क्षेत्र नं १ मा ९८ हजार ३२०, क्षेत्र नं २ मा ८२ हजार ९४९ र क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन् ।

मंसिर २१ गते निर्वाचनका लागि बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय निर्वाचन कार्यालयले नगर विकास समितिको कार्यालयमा बिहीबार कार्यालयको स्थापना गरेको हो ।

जिल्लामा एक नेपालगञ्ज उपमहानगरपालिका १ कोहलपुर नगरपालिका र छ वटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेका छन् ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००