२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग




काठमाडौँ
, १० कात्तिक । विभिन्न पार्टीका नेत्रीले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘सञ्चारकर्मीसंग सञ्जाल’ विषयक अन्तरक्रियामा उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसकी नेत्री एवं नेपाल महिला संघ अध्यक्ष उमा रेग्मीले महिला सहभागिताको सुनिश्चितताका लागि आफूहरूले दबाब दिंदैआए पनि पार्टी नेतृत्वमा विद्यमान पितृसत्तात्मक सोचका कारण माग पूरा हुन नसकेको बताइन् ।

सञ्जालका उपाध्यक्ष एवं राष्ट्रिय जनता पार्टी नेपालकी नेत्री पुष्पा ठाकुरले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई राजनीतिक दलले कमजोरीका रूपमा लिएको गुनासो गर्दै माग पूरा गर्न आगामी दिनमा कडा आन्दोलन गर्न बाध्य हुने धारणा व्यक्त गरिन् ।

सञ्जालका महासचिव एशोदा सुवेदीले आधाभन्दा बढी जनसंख्या भएका महिलाको अधिकार संविधान र अन्य कानूनले सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन गर्न राजनीतिक नेतृत्वले आनाकानी गर्दै आएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रकी लक्ष्मी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मीना भेटवाल, नेकपा मालेकी निलम केसी लगायतले पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्तामा महिलाको सहभागिता ज्यादै न्यून भएको गुनासो गर्दै दोश्रो चरणको निर्वाचनका लागि हुने मनोनयनमा महिलाको प्रतिनिधित्व क्षतिपूर्तिसहित सुनिश्चित गर्न माग गरे ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००