१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर नगरपालिका द्वारा डेंगुविरुद्ध नौ दिने अभियान सञ्चालन




बनियानी
— झापा, ९ कात्तिक । झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिए ।

नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ ।

यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ । जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

कार्यालयले टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव दिएको छ भने नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाएको छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००