१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराका तीन ठाउँमा छठ पर्व मनाइने




पोखरा
, ८ कात्तिक । पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ । पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो ।

केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन लागेको देखिन्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरवा–अरवाइन, दोस्रो दिन आज खरना, तेस्रो दिन भोलि  बेलुका अस्ताउन लागेको सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ पर्व सम्पन्न हुने परम्परा छ ।
रासस

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ००:००