१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक र समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यान दिनुस्ः प्रमुख निर्वाचन आयुक्त




काठमाडौँ
, ३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गरिएको बताएका छन् ।

शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसारप्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसंग हार्दिक अनुरोध गर्दछ ।”

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी छनोट गर्दा संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यान दिनसमेत राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा यादवले सुझाव दिए ।

पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले सन्देशमा भनेका छन्, “नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भई लोकतन्त्रको बलियो जग खडा भएको छ । अब प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र समृद्ध देश निर्माण गर्नु छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मतदातामा दीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि आयोगको तर्फबाट उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
रासस

प्रकाशित मिति : ३ कार्तिक २०७४, शुक्रबार ००:००