१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान




इलाम
, १ कात्तिक । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका २ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् ।

दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले एक एक रोपनी तथा लीला बुर्जा र जीवन शिवाले आधा आधा रोपनी जग्गादान गरेका हुन् ।

उनीहरूले गाउँपालिकाको नाममा सोमबार मालपोत कार्यालयमा पास गरिदिएको स्थानीय दिनेश सुवेदीले जानकारी दिए । गाउँपालिकालाई प्राप्त जग्गा र आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरी भवन निर्माणको प्रक्रिया अघि बढाइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००