१४ चैत्र २०८०, बुधबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस नवलपरासीका दुवै जिल्लामा कांग्रेसको बहुमत




नवलपरासी
, २८ असोज । हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा कांग्रेस विजयी भएको छ । त्यस्तै प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो ।

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा कांग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका १) र उपप्रमुखमा कांग्रेसकै शारदा विक (गैँडाकोट ५) विजयी भएका छन् । सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् ।

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

नवलपरासी पूर्वी जिल्लामा कांग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा कांग्रेसलाई बहुमत पुर्याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो ।

पश्चिम जिल्लाको जिसस प्रमुखमा कांग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका १२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजयी भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
रासस

प्रकाशित मिति : २८ आश्विन २०७४, शनिबार ००:००