६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा १ लाख ९५ हजार मतदाता




गाईघाट
, उदयपुर, २७ असोज । आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख ६४ हजार ४४१ रहेको थियो ।

गत साउन महिनामा पुनः फोटोसहितको मतदाताको नामावली दर्ता गरिएपछि उदयपुरमा करिब २२ हजार ४३४ जना मतदाता वृद्धि भई एक लाख ९५ हजार मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले बताए ।

विगतमा उदयपुरमा केन्द्रका लागि प्रतिनिधिसभाका तीनवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो भने हालको नयाँ पुनःसंरचना अनुसार केन्द्रमा दुई निर्वाचन क्षेत्र र प्रदेशमा चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । स्थानीय तहमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् ।

उदयपुरमा दोस्रो कवर्डहल निर्माण
यसैबीच, उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा अर्को कभर्ड हल निर्माण भएको छ ।

राष्ट्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति उदयपुरको समेत संयुक्त लगानीमा जिल्लामा दोस्रो कभर्ड हल निर्माण निर्माण भएको जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ ।

कवर्डहल निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण यही मंसिरबाट नै नयाँ कवर्डहल सुचारु गर्न लागिएको समेत जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताए ।

नयाँ कवर्डहलमा करिब २०० खेलाडी एकैचोटी खेलमा अटाउन सक्ने क्षमताको रहेको छ । झण्डै १६ लाख राखेपको र अन्य रकम जिल्ला खेलकुद विकास समिति तथा अन्य आर्थिक स्रोतसमेत संकलन गरेर उक्त कवर्डहल निर्माण भएको जिल्ला खेलकुद बिकास समिति उदयपुरले बताएको छ ।

अर्को कवर्डहल उदयपुरमा १८—२० वर्षअघिनै निर्माण भएको भएता पनि उक्त कवर्डहलको क्षमता सानो भएको र खेलाडीको संख्या दिनानुदिन बढ्दै गएपछि अर्को ठूलो कवर्ड हल निर्माण भएको जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००