८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट एमालेमा मतदानबाट छानिए उम्मेदवार



२१ असोज जाजरकोट । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारको छनोट गरेको छ । एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया अपनाइएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकाश घर्तीले बताए ।

उनका अनुसार संघीय संसदका लागी केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ र पूर्व सांसद गोविन्दविक्रम शाहको नाम सर्वसम्मतिले टुङ्ग्याएको छ । प्रदेश सांसदको उम्मेदवार बनन एक दर्जन बढी नेताले इच्छा देखाएपछि मतदानबाट निर्णय गर्नुपरेको एमाले जिल्ला कमिटीका अध्यक्ष करवीर शाहीले बताए ।

बिहीबार सम्पन्न मतदानबाट प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा कमानबहादुर खड्का र निरज आचार्य तथा महिलातर्फ रीता रावलको नाम छानिएको छ । क्षेत्र नं २ बाट करवीर शाही, कृष्णवहादुर विसी र रत्नप्रसाद न्यौपानेको नाम सर्वसम्मत भएको छ । क्षेत्र नं १ का उम्मेदवारको टुंगो लगाउन एमालेको प्रदेश तथा जिल्ला समन्वय समितिका सदस्यहरुले मतदान गरेका थिए ।

माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलका लागि केन्द्रमा सहमति भएपछि हौसिएका एमाले नेताहरू टिकटका लागि भने अ–आफ्नो पक्षमा लबिङमा लागेका थिए । रासस

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ००:००