२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले ओखलढुंगाद्वारा उम्मेदवार सिफारिस



२१ असोज । एमाले जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिशमा जिल्ला कमिटीले नाम सिफारिस गरेको हो । प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा आर्थिक विभाग प्रमुख अम्बिरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिश गरिएको छ ।

समानुपातिकतर्फ उत्तम राई, सांसद शकुन्तला राजभण्डारी, बलबहादुर परियार, मानबहादुर विश्वकर्मा, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठको नाम सिफारिशमा परेको छ ।

निर्वाचन क्षेत्र नं २ प्रत्यक्षतर्फ अनेरास्ववियुका विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिश भएका छन् । समानुपातिकतर्फ नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङ सिफारिश गरिएको प्रचार विभाग प्रमुख तीर्थ सुवेदीले बताए ।

प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुुनुवारको एकल नाम सर्वसम्मत बनाउने प्रयास भए पनि वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको दाबी पछि दुवै नाम सिफारिश गरिएको जनाइएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ चम्पा राई, सीताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणीन्द्र लुइँटेलको नाम सिफारिश गरिएको छ ।

पार्टीको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम तीन/तीन जनाको नाम पठाउन भनिए पनि आकांक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरैको नाम पठाएको हो । धेरैले राजनीतिक ‘प्रोफाइल’का लागि नाम राख्न दबाब दिए पनि निर्वाचन क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ, शंकर कटवाल र हर्कबोल राई सशक्त दाबेदार मानिन्छन् । त्यस्तै क्षेत्र नं २ मा पार्टी उपाध्यक्ष नेत्रप्रसाद भट्टराई, नानीबाबु बुढाथोकी र तीर्थ सुवेदी मुख्य दाबेदारका रुपमा देखिएका छन् । रासस

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ००:००