७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारागढी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय समाजबादी फोरम विजयी




कलैया
, १० असोज । बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरम बिजयी भएको छ ।

कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरेकी छन् ।

कुल ६ वडा रहेको बारागढीमा कांग्रेसले दुई र संघीय समाजवादीले दुई वडामा जितेका छन् । त्यस्तै नेकपा एमालेले पनि दुईवटा वडामा जित हात पारेको छ ।
रासस

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार ००:००