१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी




पर्सा
, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गरेकी छन् ।

त्यस्तै सो नगरपालिकाको वडा नं। १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी भएका छन् । वडा नं। २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी भएका छन् ।

वडा नं। ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००