२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी




लहान
, ६ असोज । सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गरिन् ।

सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी
त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गरिन् ।

यो संगै एमाले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००