१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपनी गाउँपालिकामा राजपा नेपाल विजयी




राजविराज
, ६ असोज । सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अर्का स्थानीय तहमा पनि जित हात पारेको छ । जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले तीन हजार ९३६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै भोलेश्वरीदेवी चौधरीले दुई हजार ६९७ मत प्राप्त गरिन् ।

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००