१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा छिट्टै कर्मचारी खटाइने



काठमाडौँ, ५ असोज । स्थानीय तहका रिक्त स्थानमा छिट्टै कर्मचारी खटाइने भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङले आयोजना गरेको आवधिक नगर विकास योजना तयारी परामर्श सुझाव एवं अन्तरक्रिया गोष्ठीमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मन्त्रालयले पहिलो चरणमा स्थानीय तहमा कर्मचारी खटाउने काम गरेपछि मात्र अन्य विकास निर्माणको कामको थालनी गरिने बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिले विकासका लागि योजना निर्माण गर्दा महिला र बालबालिकामैत्री विकासमा जोड दिन तथा वृद्धभत्ता वितरण गर्दा बैङ्क मार्फत गर्न आग्रह गरे ।

रुपाकोट झरुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले जनताको इच्छालाई सम्बोधन गर्दै विकासका अवधारणालाई मूर्त रुप दिन र नगरपालिकालाई समुन्नत, शान्त र समृद्ध पार्न आफू प्रतिबद्ध रहने स्पष्ट पारे ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००