जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएका छन् ।
उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भइन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेका थिए ।
जनकपुर उपमहानगरपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्याम झा ले २४० मत प्राप्त गरेका थिए ।
रासस
प्रतिक्रिया