१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी




राजविराज
, ४ असोज । सप्तरीको राजविराज नगरपालिका बाहेक १७ वटा स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले दिएको मतगणनाको परिणाम अनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका २ सकरदहीमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ ।

गोइतले २४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता ९यादव०ले ११० मत प्राप्त गरे । राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ ।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ मा पनि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ । मंगलबार मात्र सप्तरीको सप्तकोशी नगरपालिका १ मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका १५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोलि असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गरेका छन् । सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार ००:००