१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलेश्वर वडा नं १ मा लोकतान्त्रिक फाेरमका झा विजयी




गौशाला
, ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका १ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका छन् । यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

महोत्तरीमा राजपाले खाता खोल्यो
यसैबीच, महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ । महोत्तरी गाउँपालिका १ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गरेका छन् । महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन् ।

भंगहा १ मा माओवादी केन्द्रको प्यानलै विजयी
यसैगरी, महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका १ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याएका छन् । भंगहा १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार ००:००