२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँदबारी नगरपालिकाको बजेट ४३ करोड



खाँदबारी— संखुवासभा, ४ असोज । खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले नगरपालिकाको प्रथम नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमसहित बजेट सोमबार सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटमा गत वर्षबाट जिम्मेवारी सरिआएको ७४ लाख २७ हजार, आन्तरिक आम्दानीतर्फ एक करोड २६ लाख १३ हजार र बाह्य अनुदानतर्फ ४१ करोड ३० लाख ९१ हजार गरी जम्मा ४३ करोड ३१ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभाले यस वर्ष नगरपालिकाका ११ वटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख खतिवडाले प्रत्येक वडालाई ५२—५२ लाख विनियोजन गरेको जानकारी दिए । उनका अनुसार विनियोजित बजेटमा ६५ प्रतिशत भौतिक निर्माणमा खर्च गरिनेछ ।

कुल रकमबाट प्रशासनिक खर्चतर्फ १० दशमलव ५९ प्रतिशत, सामाजिक तथा प्रवर्द्धनात्मक विकास कार्यक्रम अन्तर्गत १४ दशमलव ९३ प्रतिशत, भौतिक पूर्वाधार विकास निर्माणतर्फ ७४ दशमलव ४८ प्रतिशत खर्च गर्ने प्रस्ताव गरिएको छ ।

नीति तथा कार्यक्रममा बृहत् शहरी विकास गुरुयोजना निर्माण गर्ने, प्रत्येक वडामा सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, महिला तथा बालबालिका तथा लैंगिक समानता, खेलकुद, धार्मिक, सांस्कृतिक, सुशासन सम्बन्धी क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले खाँदबारी नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था तथा दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै नगरको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार ००:००