२९ फाल्गुन २०८०, मंगलबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा मतगणना, परिणाम अाउनेक्रम जारी




महेन्द्रनगर
— धनुषा, ३ असोज । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना जारी छ । निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा रातिदेखि नै मतगणना जारी छ ।

पछिल्लो मतगणनाको मत परिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले ३१४, नेपाली कांग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, कांग्रेस १८१ र एमाले ८१, गणेशमान चारनाथमा नेकपा माओवादी केन्द्र १९४, समाजवादी फोरम १५८ र कांग्रेस १२० तथा हंसपुरमा समाजवादी फोरम २१७, एमाले १५१ र कांग्रेसको १३१ मत छ ।

यसैबीच गणेशमान चारनाथ ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुँवर २०८ मत प्राप्त गरी बिजयी भएका छन् । उनी समूहसहित विजयी भएका हुन् ।

यता जनकपुर उपमहानगरपालिकामा पनि केही बेरमै मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । जनकपुरमा मतगणना शुरु गर्ने सम्बन्धमा आज बिहान प्रमुख दलका जिल्ला अध्यक्ष र प्रमुखका उम्मेदवारसंग सर्वदलीय बैठक बसेको थियो ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००