१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लालबन्दी १४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो




सर्लाही
, ३ असोज । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ ।

लालबन्दी नगरपालिका १४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

खोलामा बाढी आएपछि पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिए ।

उक्त मतदान केन्द्रमा जम्मा ८१९ मतदातामध्ये ५८१ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए । नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र क र ख बाट भने ट्रयाक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो ।

चुरेभेगमा पर्ने नारायणीखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता छ ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००