राजविराज, ३ असोज । सप्तरीको मतदान स्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।
राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
यसैबीच सप्तरी जिल्लाका छ वटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।