१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाताको अपार सहभागिताः निर्वाचन आयोग




काठमाडौँ
, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेकी छन् । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिकास्थित लक्ष्मीपुर टोलस्थित गम्हरिया मतदान केन्द्रमा विदेशमा रहेका मुक्त रुल्लाह मियाँको नाममा त्यहाँ बस्ने १४ वर्षीय सबु महम्मद मियाँले भोट हाल्न गएकामा मतदान अधिकृतले पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र बाराको पचरौता नगरपालिका विसम्बरास्थित नेपाल राष्ट्रिय प्रावि मतदान केन्द्रमा सोही स्थानमा बस्ने एर्साद अहमदले आफ्ना दाजुको नाममा मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ ।

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं ३ मौर्याई पुल भत्केर आवतजावतमा कठिनाइ उत्पन्न भएकामा सशस्त्र प्रहरी बलले तत्कालै डाइभर्सनमार्फत यातायातका साधन मतदान केन्द्रसम्म जाने व्यवस्था मिलाएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको विभिन्न पदका लागि आज भएको निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको अपार सहभागिता देखिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार ००:००