वीरगञ्ज, २ असोज । पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरेका छन् । यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गरे ।
जिल्लामा दुई लाख ८० हजार २१२ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ ।
सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताएका छन् । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।
रासस
प्रतिक्रिया