१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

लेखक स्थानीय खबर ३० भाद्र २०७४, शुक्रबार २ मिनेट पढाइ


आठराई
— तेह्रथुम, ३० भदौ । जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । जम्मा ८० रूपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् ।

आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन् ।

आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट छ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् ।

यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताए ।

वर्षात्को समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सञ्चालन हुँदैन । भण्डारीले भने, “८० रूपैयाँ विद्युत् महसुल बुझाउन दुई हजार भन्दा बढी खर्च हुने गरेको छ ।”

यातायात सञ्चालन नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सञ्चालमा हुँदा म्याङ्लुङ बजार पुग्न ७०० एकोहोरो यातायात खर्च लाग्छ ।

समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।