८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा आयोगद्वारा पत्रकार सम्मेलन आयोजना




जनकपुरधाम
, ३० भदौ । धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन अनुगमन टोलीले जनाएको छ ।

आयोगद्वारा जनकपुरधाममा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा आयोगका सदस्य सुदीप पाठकले प्रसारप्रसारका क्रममा तुल, ब्यानर, टोपी, भेस्ट र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरिएको पाइएको बताएका छन् ।

अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला र अशक्त मतदातालाई कसरी मतदान स्थलसम्म सजिलो तरिकाबाट मतदान गराउने भन्ने बारे अन्योल रहेको र कतिपय मतदान केन्द्रहरू खोला तरेर जानु पर्ने भएकाले पानी परेमा वैकल्पिक व्यवस्था नमिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता शिक्षा प्रभावकारी नभएको, केही जिल्लाका मतदान केन्द्रहरू खुल्ला चौरमा रूखमुनि भएको र हालै आएको बाढीले बाटोहरू बिग्रिएको अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा उम्मेदवारले प्रसारप्रसारका क्रममा भारतीय नम्बरप्लेटका गाडी व्यापकरूपमा प्रयोग गरेको र केही मतदान केन्द्रमा अझ पनि हिलो र सप्तरीको राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रमा तीन फिटसम्म पानी जमेको पाइएको उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि केही जिल्लामा मानिसलाई नियन्त्रणमा लिएको र आममतदातामा निर्वाचनप्रति उत्साहपूर्ण सहभागिताका लागि प्रतीक्षारत रहेको पाइएको पनि जानकारी गराइएको छ । सदस्य पाठकले सबै जिल्लामा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएको जानकारी सुरक्षा निकायबाट पाइएको बताए ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००