८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन




सप्तरी
, ३० भदौ । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन शुक्रबार आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उनले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम तथा अन्य निकायले विशेष चासो दिएकाले सूचना प्रबाह छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिए ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान अधिकृतसमेत खटिसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले निर्वाचनका लागि पूर्णरूपमा सुरक्षा व्यवस्था मिलाइएको बताए ।

निर्वाचन आयोगबाट अनुगमनमा खटिएका सहचिवद्वय सञ्जीवराज रेग्मी र छबिन्द्र पराजुलीले निर्वाचन आचारसहिता पालना गर्न गराउन र मतदाता, मतपेटिका तथा मतदान केन्द्रको सुरक्षामा ध्यान केन्द्रित गर्न जोड दिए ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ वटा स्थानीय निकायमा यही असोज २ गते निर्वाचन हुने भएको छ । यसैबीच प्रदेश नं– २ अन्तर्गत सप्तरीमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति र सुरक्षा कायम गराउन शुक्रबार सुरक्षा निकायको बैठक बसेको छ ।

बैठकमा आपाराधिक क्रियाकलाप रोक्न तथा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तथा धाँधलीरहित बनाउने निर्णयसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्र मतपेटिका र मतदाताको सुरक्षाको सम्बन्धमा छलफल भएको सो बैठकमा सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००