१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख निर्वाचन आयुक्तले स्थलगत अनुगमन गर्ने




काठमाडौँ
, २९ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएका छन् ।

प्रमुख आयुक्त डा यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ ।

सो क्रममा उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसंग सरोकार राख्ने व्यक्ति तथा समूहसंग छलफल तथा भेटघाट गर्ने आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००