१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतामाई गाउँपालिकाको बजेट ३० करोड




गाईघाट
— उदयपुर, २९ भदौ । उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाले पहिलो आर्थिक वर्ष २०७४/०७५ को करिब ३० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आर्थिक बर्ष २०७४/०७५ का लागि गाउँपालिकाको विकासका विभिन्न शीर्षकको लागि २९ करोड ९९ लाख ५५ हजार ७५६ बराबरको सो बजेट विनियोजन गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले सार्वजनिक गरेका छन् ।

नयाँ बजेटले स्थानीय रौतामाई पोखरीको संरक्षण, पर्यटन प्रवर्द्धन, ग्रामीण सडक निर्माण, विद्युत् विस्तार, कृषि सहितका शीर्षकमा बजेट विनियोजन गरेको कुरा सो गाउँपालिकाका उपाध्यक्ष कुमारीज्यू ठकुरीले जानकारी दिइन् ।

सो कार्यक्रममा उदयपुरका सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारको समेत उपस्थिति रहेको सो गाउँपालिकाले जनाएको छ ।

उदयपुरका स्थानीय तहहरु चार गाउँपालिका र चार नगरपालिकामध्ये त्रियुगा नगरपालिका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकाको भने अधिवेशन, भेला तथा परिषद् कार्यक्रम सम्पन्न भइसकेको छ भने नगरपालिकामा चौदण्डी नगरपालिका, उदयपुरगढी, सुनकोशी र ताप्ली गाउँपालिकाको भने परिषद् हुन बाँकी रहेको छ ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार ००:००