७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरको मिथिला अपसेट प्रेसमा छापा




महेन्द्रनगर
— धनुषा, २७ भदौ । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ । तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाको रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार ००:००